काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्डको २५औँ स्मृति दिवसका अवसरमा नारायणस्थानस्थित चतुर्व्युह नारायण मन्दिरमा दीपप्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा हृदयेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यहरूको उपस्थिति रहेको थियो। स्मृति दिवसका अवसरमा दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्य तथा दरबार हत्याकाण्डमा ज्यान गुमाएका राजपरिवारका सदस्यहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।
दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा शुभेच्छुक, समर्थक तथा सर्वसाधारणको समेत सहभागिता रहेको जनाइएको छ।








तस्बिर : सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र