काठमाडौं । बूढानीलकण्ठ-१० कपन स्थित जोसेफ हाइस्कुल र जोसेफ पब्लिक स्कुलबाट एसइईमा सफल विद्यार्थीहरूको सम्मान तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमामा प्रमुख अतिथिका रूपमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले यो क्षेत्रले शिक्षामा गरेको प्रगति प्रशंसनीय रहेको उल्लेख गर्दै वर्तमान सरकारले शिक्षा, स्वास्थ्य र बिजुलीमा समेत थप करभार बढाएर शिक्षालाई थप महँगो गराएकोमा चिन्ता प्रकट गर्नुभयो ।
विशिष्ट अतिथिका रूपमा वरिष्ठ पत्रकार साहित्यकार प्रा.पुरुषोत्तम दाहालले शिक्षाले असल मानिसको सिर्जना गर्नुपर्ने र अभिभावकले पनि आफ्ना सन्तानलाई असल बनाउनेमा सचेत हुनुपर्ने विचार प्रकट गर्नुभयो । उहाँले जोसेफ स्कुलले छोटो समयमा नै प्रगति गर्दै सफलता हासिल गरेकोमा प्रशंसासमेत गर्नुभयो ।
कायक्रमा ०५८ सालमा स्थापित जोसेफ हाइस्कुलको श्रीवृद्धि हुँदै अहिले जोसेफ एजुकेशन नेटवर्कका रूपमा विकसित भएको, पब्लिक स्कुलको स्थापना गरी कलेजसमेत आरम्भ गरेको र यो पटक जोसेफ नेटवर्कबाट सातजना ४ जिपिएसहित शतप्रतिशत १७१ जना नै सफल भएको संस्थापक प्रिन्सिपल मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ता सूर्यबहादुर अधिकारीले जानकारी दिनुभएको थियो ।
कार्यक्रमा बु.न.पा. १० र १२ का वडाध्यक्षहरू क्रमशः नवराज भट्टराई र शम्भु भट्टराई समेत मन्तव्य प्रकट गर्नुभएको थियो । उत्कृष्ट विद्यार्थी सिम्रन भूर्तेल र प्रसुन शिवाकोटीले विद्यालयले दिएको शिक्षाले भविष्य थप उज्ज्वल बनाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
कायक्रममा विद्यार्थीहरूले गीत–संगीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो भने सफल विद्यार्थीहरू र शिक्षक कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो । गोपी सापकोटाको सञ्चालन र विद्यार्थीद्वय विपुसा ढकाल र भावना बरालको स्वागत मन्तव्य रहेको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम