नियम तिम्रो कि मेरो
तिमीले मान्ने कि मैले
अन्योल र अनिश्चयमा छु
र, नियाली रहेछु नियमलाई
फेद पनि भेट्दिनँ
र, टुप्पो पनि देख्दिनँ
मेसो त कता हो कता
भेउसम्म पाइनँ
र, सार्वजनिक रुपमै सोधिरहेछु
नियम सबैलाई एउटै हुन्छ ?
लाग्छ, नियम नियम हो भने
सबैका लागि एउटै हुनु पर्ने हो
तर, व्यवहारले त्यस्तो भन्दैन
उसलाई फरक छ, उनलाई फरक
भिन्नाभिन्नै नियम छन् यहाँ
सजिलोमा एउटा नियम
अफ्ट्यारोको अर्को नियम
आफ्नाका खातिर एउटा
अर्काका लागि अर्कै
नियम फरक फरक छ
र, इमान्दारपूर्वक सोधिरहेछु
के नियम एउटै हुन्छ ?
नियममा भेद छ, विभेद छ
हो, मालिकलाई एउटा
र, नोकरलाई अर्को
लाग्छ , खोइ कस्तो कस्तो
मालिक ! तिम्रो नियमका बारेमा
मैले भुत्लोभाङ जानिनँ
नियम मेरा लागि हो कि
तिम्रा लागि पनि हो ?
यदि नियम दुबैका लागि
र, समान पनि हो भने
तिमीलाई नमस्कार गर्छन्
र, मलाई किन गर्दैनन् ?
तिमीलाई सर भन्नेहरू
मलाई परसर भन्छन्
तिमीलाई हजुर भन्नेहरु
मलाई ओइ ! भन्छन्
मैले पटक्कै बुझिनँ
र, नम्रतापूर्वक सोधिरहेछु
के नियम एउटै हुन्छ ?
मालिक तिमीले लुट्ता हुन्छ
रिस उठे चुट्ता हुन्छ
मैले हरदम लुटिनु पर्छ
बोल्यो भने चुटिनु पर्छ
हो, साँच्चै तिमी र म जन्मेको
प्रक्रिया एउटै र समान भएपनि
किन नियम फरक भएको ?
तिमी धनीको सन्तान
र, म गरिबको सन्तान भएर
वा तिमी हाकिम
र, म कामदार भएर
मेरो आग्रह हो, जान्नेले भनिदेउ न !
अँह ! मैले बुझ्दै बुझिनँ
के नियम फरक हुन्छ ?
मेनपा - १० धुलाबारी ( झापा )







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र