कीर्तिमानी व्यक्तित्व कवि डा.डीआर उपाध्याय खनालको ‘अन्तस्करण’ नामक पहिलो कवितासंग्रह-२०८३ सालमा प्रकाशित भएर पाठक माझ आएको छ । यस कविता संग्रहभित्रको ‘विषालु सुइरो’ शीर्षकको पहिलो कवितामा नियतिले अघि बढेका पाइला रोकेको छ विफलताको कुहिरोले आकाश ढाकेको छ भनेको छ । पीडाभित्रको प्रेम शीर्षकको कविताले प्रियजनका काँधमा थामिन्छ जिम्मेवारीको संसार स्याहार-सुसारमा घुल्छ माया, पसिनो र अश्रुधार भनेको छ । श्रद्धा र स्वार्थबीचको युद्ध शीर्षकको कवितामा धर्तीका बहुसंख्यक मनहरूले गर्छन् पूजाराधना अनीश्वरवादी चिन्तनमा जन्मिन्छन् आफ्नै तर्कना भनेर कविले लेखेका छन् ।
कलिला भावनामा जब पर्छ गहिरो चोट
निराशाको अँध्यारोले ढाक्छ टाढासम्म बाटोको ओट
लागूपदार्थका व्यापारी बस्छन् सधैँ तम्तयार
अल्लारे मनहरूलाई बनाउँछन् आफ्नो व्यापार ।
कवि डीआरको मन कठोर छ । कठोर हुनु छलकपटकै परिणति होला । कहिले मन र मौसमको गति र आयाम थाहा हुँदैन भनिन्छ । मौसमको गति त थाहा पाउने यन्त्र बनेका छन् । तैपनि मनको गति नाप्ने कुनै यन्त्र बनेको छैन अहिलेसम्म । कविसँग अनेक सदस्यहरूको उपस्थिति रहेको छ ।
कविमा देशप्रेमबिना कवित्वभाव हुनै सक्दैन । राष्ट्रियताप्रति, माटोप्रति विश्वास र प्रेम दुबै छ कविमा । जीवनप्रतिको मोह पनि कम छैन । कविले पारिवारिक सम्बन्धबारे पनि सिर्जना जोडेका छन् । बेजोड सम्धी, मामा, भान्जी केही उदाहरणीय सिर्जना हुन् ।
असल-खराब, कोमल-कठोर जीवन बिताउने कुनै धर्मशालाको एक दिन एक क्षणको बासमा कोसँग कस्तो साइनो हुन्छ भन्न सकिँदैन । कविले विवश अभिभावक शीर्षकको कवितामा जब बाबुआमाले भेट्दैनन् अर्को युक्ति मन थामेर लिन्छन् कठोर निर्णयको शक्ति भनेर लेखेका छन् ।
कलिलै उमेरमा सुन्दरीको अँगालाको तिर्सना
ज्ञानको घाम नउदाउँदै निभ्यो दीप चेतना
पुस्तकका पाना छोडी चाहनामा डुब्यो सारा
व्यवहारको ज्ञान पनि राखेन उसले सहारा ।
कविले यस कवितामा कलिलै उमेरमा सुन्दरीको अंगालोको तिर्सना ज्ञानको घाम नउदाउँदै निभ्यो दीप चेतना पुस्तकका पाना छाडेर चाहनामा डुबेर सारा व्यवहारको ज्ञान पनि राखेन उसले सहारा भनेका छन् । हाम्रो आन्दोलन शीर्षकको कवितामा नेताका जिब्रोमा झुण्डिरहन्छ कथन जारी रहन्छ हाम्रो आन्दोलन राजनीतिको आदिदेखि अनन्तकालसम्म हामी सेवक हौ देशबासीका भनेर लेखिएको छ । मन्त्री पदको मोहिनी शीर्षकको कवितामा आफन्तका पीडा सोध्दैनन् दिनचर्या बन्छ उनको धन-सम्पत्तिको खेल भनेर कविले लेखेका छन् ।
कुनै राष्ट्रमा छैन आक्रमण मन्त्रालय
छ केवल रक्षा मन्त्रालय
तर दिनहुँ सुरु हुँदैछ नवीन शृंखलाको आक्रमण
कोही पनि तयार छैन मान्न यो ।
कविले युद्धका उन्माद शीर्षकको यो कवितामा आक्रमण मन्त्रालय कुनै पनि राष्ट्रमा छैन रक्षा मन्त्रालयमात्र छ तर दिनहुँ सुरु हुँदैछ नवीन शृंखलाको आक्रमण कोही पनि तयार छैन मान्न यो भनेर लेखेका छन् । घातक प्रतिशोध शीर्षकको कवितामा महान् धर्मग्रन्थका अवधारणा, उक्ति र प्रवचन अपव्याख्या गरिन्छ प्रतिशोधलाई प्रेरणा दिन भनिएको छ । कविले सामाजिक कुसंस्कारमाथि तीखो प्रहार गरेका छन् । विभेद र छुवाछूत हाम्रो समाजमा विद्यमान काँढा हो । छाउपडी प्रथाले समाजलाई एकांगी र दुषित बनाएको छ ।
कविमा देशप्रेमबिना कवित्वभाव हुनै सक्दैन । राष्ट्रियताप्रति, माटोप्रति विश्वास र प्रेम दुबै छ कविमा । जीवनप्रतिको मोह पनि कम छैन । कविले पारिवारिक सम्बन्धबारे पनि सिर्जना जोडेका छन् । बेजोड सम्धी, मामा, भान्जी केही उदाहरणीय सिर्जना हुन् । कहिले अघि कहिले पछि शरीरका अंगले दिन्छन् धोका त्यही अँध्यारो निष्तब्ध रातमा उनी बन्छन् आशाका रोका भनेर कविले धुकधुकीको बिसौनी शीर्षकको कवितामा लेखेका छन् । छाउगोठको छायाँ शीर्षकको कवितामा चुपचाप भत्किन्छ परिवारको माया टुट्छ एकताको आधार नारीलाई अलग्याएर कसरी हुन्छ समाजको सुन्दर विस्तार ? भनेर कविले प्रश्न गरेका छन् ।
डरलाग्दो छ देशको मेरुदण्ड
चुपचाप कुहिँदै गएको
भ्रष्टाचारको धमिराले
भित्री काठैदेखि चुस्दै गएको ।
कविले दरार शीर्षकको कवितामा कहिल्यै छुट्टिन नसक्ने कसम खाएका प्रेमान्रुागी दुई आत्माबीच जब पस्छ अविश्वासको सानो छायाँ त्यसले विस्तारै रंगीन सपनालाई खैरो बनाउँछ भनेर कविले लेखेका छन् । एक्लोपनको चाह शीर्षकको कवितामा मन बहलाउने बाह्य संशाधनको मोह विलीन भयो उदांगियो नाटकीय दृष्यमा जलपले टल्काएको मोहिनी मूर्ति परिस्थितिले एक्लै गन्तव्यतिर सचेत गरायो भनेर कविले भनेका छन् ।
अर्धांगिनी शीर्षकको कवितामा धेरैजसो मेरो सिर्जनशील लेखनी घुमिरहन्छ प्रेयसी प्रियाकै कक्षमा कुनै ग्रह आफ्नै मोहको गुरुत्वाकर्षणमा बाँधिएजस्तो भनिएको छ । रसास्वादन मायाप्रीतिको शीर्षकको कवितामा कविले इतिहास साक्षी छ प्रेमकै निम्ति त्यागिएका सिंहासन श्रीपेच झुकेका छन्, बनेका कथा अनगिन्ति दर्शन भनेर लेखिएको छ । छुवाछूत रूपी रक्तबीज शीर्षकको कवितामा छुवाछूतको रक्तबीज बिनाशको बिउ बनेर पटकपटक हाँस्छ अट्टहास निर्मल हृदयका आंगनमा भनेर कविले लेखेका छन् । १९२ पृष्ठको यस कृतिलाई मिलाप पब्लिकेशन प्रालिले प्रकाशन गरेको हो । २९९ रुपैयाँ मूल्य राखिएको यस कृतिको सम्पादन कृष्ण भुसालले गर्नुभएको छ । आगामी दिनमा कवि डा.डीआर उपाध्याय खनालको अन्य कृतिहरू निस्केर हामीले पढ्न अवश्य नै पाउनेछौ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध