स्वतन्त्र विधाको रूपमा नेपाली साहित्यमा स्थापित भइसकेको छ नियात्रा । नियात्रामा व्यक्तिस्वयं मुख्यपात्रको रूपमा रहेको, वैयक्तिक अनुभूतिले भरिएको भए सुन्दर हुन्छ । कल्पनाशीलता नभएर सत्य र विश्वासिलो लेखन हुनुपर्दछ । तथ्यात्मकताले भरिपूर्ण हुनुपर्दछ । देखेभोगेको चिजको कोरा वर्णन नगरी सुन्दर ढंगले सिर्जना गरियो भने नियात्रा राम्रो मानिन्छ । पाठकलाई आफूसँगै हिँडाउँने खुवी नियात्रामा हुनपर्दछ ।
देखेका र पुगेका विभिन्न स्थानको दृष्यापान गर्दा नियात्राकार आफ्नो भूगोल सम्झन्छन् । तुलना गर्छन् । परिवारसँग रमाइलो यात्रा गर्छन । नेपाली संस्कार र संस्कृति भुल्दैनन् । यसको ज्वलन्त उदाहरण उनले तिहारको माहोल त्यहाँ पनि सिर्जना गरेका छन् ।
यात्रा सबैले गर्छन । यात्रा गर्ने सबैले नियात्रा लेख्न सक्दैनन् । अहिलेको समयमा लोकप्रीय विधाको रूपमा आएको छ नियात्रा । यसै क्रममा वियोगी बुढाथोकी ‘समयले जुटाएको चिटचिट’ लिएर आएका छन् । यसअघि चार नियात्राकृतिसहित डेढ दर्जन कृति नेपाली साहित्यमा योगदान गरिसकेका छन् वियोगीले । यसकृतिभित्र विदेशको फन्को शीर्षकअन्तर्गत विभिन्न विदेशी भूमिमा गरिएका यात्रामाथि कोरिएका १५ थान नियात्रा छन् भने स्वदेश चक्करअन्तर्गत चार थान विभिन्न शीर्षकृत नियात्राहरू समावेश भएका छन् ।
वाह बकिङ्घम प्यालेसबाट सुरु भएर विदेशको फन्को जताततै हल्ला रसमाधुर्यमा सकिएको छ । कृतिभित्र कुनैबेला सूर्य नै नअस्ताउने देश भनेर चिनिएको ब्रिटिश साम्राज्य बेलायतको यात्राको वृतान्त छ । नियात्राकार करिव आधा वर्ष बेलायत भ्रमणको क्रममा व्यतीत गरेका पलहरूको सुन्दर अनुभवलाई यहाँ उजागर गरिएको छ । बेलायती राजारानीले खेल्ने डुल्ने चौरदेखि सुत्ने कोठासम्मको चर्चा छ । बकिङ्घम राजप्रासादमा भएको सुनैसुनको भित्ताले नियात्राकारलाई यत्रो सुन कहाँबाट ल्याए होलान भन्ने कौतुहलता पैदा हुन्छ । तर, उनले यसको उत्तर भने पाएनन र दिएका छैनन् ।
निलोपानीभित्र बसेको लकनेस र डराउने राक्षसको चर्चा गर्दै उनले कविता कोरेका छन्अ-द्भूत राक्षसको खोजीमा ।
ग्रीनबीच यात्राको वर्णन छ कृतिमा । ५२८ खुड्किला भएको उक्त स्थानमा प्रत्येक दिन चारदेखि पाँचहजार स्थानीय र वाह्य पर्यटकको आवागमन हुने समुन्नत बेलायतको ऐतिहासिक स्थल सेन्ट पावोल्स क्याथडल जहाँ राजाहरू, फ्लोरेन्स नाइटिंगेल लगायतको समाधि छ । वियोगीले यसको ऐतिहासिकता पनि चर्चा गरेका छन् । हलोविनको साँझको अनुभूतिलाई मज्जेदार ढंगले प्रस्तुत गरेका छन । ग्रेभजेन सानो शहरको विस्तृत वर्णन छ । त्यहाँ उनले सुन्दर गजल सिर्जना गरेका छन् । हिन्दु धर्मका कट्टर उनी प्रभु शब्दले सबैलाई सम्बोधन गर्छन् । जुन शब्द क्रिष्चियनहरूले प्रयोग गर्ने गर्दछन् । उनले धर्मको तुलना पनि गरेका छन् ।
मानिस जहाँ गए पनि आफूसँगै संस्कार र संस्कृति लिएर जान्छ भन्ने कुरा उनको नियात्राहरूले प्रष्ट पार्छन । नेपाली बेहोरा सँगसँगैमा यो कुरा प्रष्ट्याएका छन् । यसमा नेपालका राजनीतिज्ञहरू समेतको सहभागितामा भएको कार्यक्रममा ढिला आउने नेपाली संस्कृतिको बडो रोचक ढंगले अभिव्यक्त गरेका छन् । उनी वियरका पारखी हुन, जहाँ पनि खुलस्त पिएको कुरा निर्धक्क बताएका छन् ।
शीर्षक नियात्रामा उनले जिन्दगीलाई यात्राको रूपमा मानेका छन् । ग्रेभजेनका ससाना एकनास घरहरू देखेर मोहित भएका नियात्राकार फरक यात्रामा फरक स्वाद पाएको कुराले आल्हादित देखिन्छन । विश्वको ठूलो मध्येको एक हिथ्रो विमानस्थल जहाँ ४५ सेकेण्डमा एउटा विमान अवतरण गर्नसक्ने क्षमता छ । उनले विश्वभरका यात्रुको एक ट्राजिट हबको रूपमा उनले चर्चा गरेका छन् । पबको साहित्यमय यात्रालाई विभिन्न साहित्यिक कार्यक्रमहरूमा गरेको सहभागिताको मीठासपूर्ण वर्णन छ । उनले मित्रताको बलियो आधार शिविरको रुपमा यहाँ फेसबुकको चर्चा गरेका छन् । साहित्यकार न हो जहाँ गए पनि आफ्नो सिर्जनाकर्म रोकेका छैनन् । पेय पदार्थको त पारखी नै हुन उनी प्रसँगहरू थुप्रै छन् यहाँ । उनले शिवपुरी सन्देशको विमोचन पनि गराएका छन् बेलायतमा ।
सेन्ट्रल लण्डन, टावर ब्रिज, लण्डन आई, थेम्स नदी, वेल्सलगायत स्थानहरूको यात्रा वर्णन पनि पढ्न पाइन्छ । ब्रेकनको गोर्खा सैनिक छाउनी र नजिकमा रहेका हिन्दु मन्दिरहरूले आफू स्वदेशमै रहेको भान पार्छ । उनले बूढानीलकण्ठसँग त्यहाँको मन्दिरको तुलना गरेका छन् । अन्य थुप्रै स्थानहरूको दृष्यपानमा वियोगी रमाएका छन् । त्यहाँ उनले वर्षको सबैभन्दा लामो र छोटो दुवै दिन र रातका अनुभव लिएका छन् । थुप्रै डायस्पोरिक साहित्य सर्जक र प्रवासीहरूसँग भेटघाट गरेर आत्मियता साटेका छन् । ऋतु परिवर्तनका असरहरूको बडो भावुकतासाथ कवितात्मक वर्णन पनि पढ्न पाइन्छ ।
पुग्छन त्यहाँको ऐतिहासिक महत्त्व, प्राकृतिक सुन्दरतामा रमेर काव्यात्मक चेतका नियात्रा सिर्जना गर्छन उनी । वियोगीका नियात्राहरू अभिव्यक्तिको गहनताले भरिएका छन् । पाठकहरू सम्मोहित गराउँछन् । जहाँ जान्छन् वियोगी पाठकलाई त्यहीँ डोर्याएर लान्छन् । मनमा कौतुहलता जगाउँछन् । रोचक छन् ।
प्रायः पारिवारिक सदस्यसहित भ्रमण गरेका छन् । बेलायती भूमि, त्यहाँको सौन्दर्यात्मक कला संस्कृति र साहित्यका विषयमा समेत जानकारी प्राप्त गर्न सकिने गरी बुढाथोकीले आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । बेलायतको भ्रमण गर्दा जोडी बाँधेर गएका उनले विशुद्ध पारिवारिक भ्रमण गरेका भए पनि त्यस भूमिमा हुने विभिन्न साहित्यिक क्रियाकलाप र माहोलमा नगइ रहन सकेका छैनन् । यसै क्रममा बेलायती नेपाली डायस्पोरिक साहित्यिक कार्यक्रममा उनको सक्रिय सहभागितामा अनुभूत गरेका कुराहरू रोचक र मीठासपूर्ण ढंगले नियात्रामा आएका छन् ।
देखेका र पुगेका विभिन्न स्थानको दृष्यापान गर्दा नियात्राकार आफ्नो भूगोल सम्झन्छन् । तुलना गर्छन् । परिवारसँग रमाइलो यात्रा गर्छन । नेपाली संस्कार र संस्कृति भुल्दैनन् । यसको ज्वलन्त उदाहरण उनले तिहारको माहोल त्यहाँ पनि सिर्जना गरेका छन् ।
यसैगरी स्वदेशका यात्राका विभिन्न सन्दर्भ रहेका छन् । शालीनदी, पर्यटकीयस्थल जहरसिंह पौवा, नगरकोटलगायत स्थानहरूको यात्रावृतान्त छ । विभिन्न होटलले दिएको आतिथ्य सत्कारले प्रभावित नियात्राकार गजल लेख्न पनि भ्याउँछन् । शिवपुरी राष्ट्रिय निकुञ्जबाट काठमाडौं नियाल्दाका सुखद अनुभूतिहरूको मज्जेदार वर्णनले पाठकलाई तान्छन । यसैगरी २०७२ को भुकम्पले थिलथिलो बनेको गोरखाको बारपाक यात्राको सुन्दर प्रसंगहरू यहाँ छन् । त्यस्तै, लुम्बिनीमा भएको नेपाल लेखक संघको राष्ट्रिय अधिवेशनमा जाँदाका यात्राका विभिन्न सन्दर्भ रोचक ढंगले पस्किएको छ– लुम्बिनीको नयाँ रापतापमा ।
जहाँ पुग्छन त्यहाँको ऐतिहासिक महत्त्व, प्राकृतिक सुन्दरतामा रमेर काव्यात्मक चेतका नियात्रा सिर्जना गर्छन् उनी । वियोगीका नियाात्राहरू अभिव्यक्तिको गहनताले भरिएका छन् । पाठकहरू सम्मोहित गराउँछन् । जहाँ जान्छन् वियोगी पाठकलाई त्यहीँ डोर्याएर लान्छन । मनमा कौतुहलता जगाउँछन् । रोचक छन् । नियात्राहरूले चेतनाका विजहरू छर्छन । यात्राका संवेगहरू मज्जैले राख्न सफल छन् वियोगी । यात्राको मूल्यबोध र पाठकको अभिरुचि बढाउने ढंगले नियात्राहरू आएका छन् । नियात्राकारले आफूलाई इमानदार भएर लेखन धर्मिता राखेका छन् यो सकारात्मक पक्ष हो । स-साना कुराहरू पनि नढाँटी उल्लेख गरेका छन् । आत्मपरक अनुभूतिहरू संगालेका छन् । वियोगीले प्राञ्जल र काव्यात्मक भाषाको प्रयोग गरेर सौन्दर्यपरक ढंगले प्रस्तुत गर्ने कौशलता देखाएका छन् । हार्दिक बधाई वियोगी बुढाथोकी ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र