काठमाडाैं । नेकपा (एमाले) का नेता विशाल भट्टराईले ‘पपुलिस्ट’ भनिने शक्तिहरूले देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रहार गरिरहेको आरोप लगाउनुभएको छ ।
नेकपा (एमाले) संगठन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । नेता भट्टराईले पार्टीमाथि हुँदै आएका हमलाहरू अहिले मुलुककै विरुद्ध लक्षित हुन थालेको दाबी गर्नुभयो । उहाँले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीले दिएको भनिएको अभिव्यक्ति अतिक्रमणकारीले दिए जस्तो भएको बताउनु भयो । प्रधानमन्त्री बालेन्द्र साहले हामी अतिक्रमणकारी हौँ र अरुको भूमि कब्जा गर्छौं भनेर घोषणा गरेको जस्तो भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रो पार्टीविरुद्ध यस प्रकारका हमलाहरू जारी नै छन् । अहिले त पार्टीमाथि गरिएका हमलाले नपुगेर पपुलिस्टहरू देशविरुद्ध नै हमला गर्न उत्रिएका छन् । उनीहरू देशको भौगोलिक अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठ्ने गरी अभिव्यक्ति दिइरहेका छन् । संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्रीले खुला रूपमा हामी अतिक्रमणकारी हौँ, अरूको भूभाग कब्जा गर्छौँ भनेर घोषणा गरिरहेका छन् । यस्तो अवस्थामा हाम्रो पार्टीका श्रद्धेय अध्यक्षको प्रमुख आतिथ्यमा हुन गइरहेको यो कार्यक्रम विशेष महत्वको छ । खासगरी, उहाँलाई पक्राउ गरिसकेपछि संगठन विभागको यस कार्यक्रममा उहाँको यो पहिलो मन्तव्य हो । यस अर्थमा राष्ट्रिय राजनीतिको सन्दर्भमा एमालेका दृष्टिकोणहरू प्रस्तुत गर्नका लागि यो एक महत्वपूर्ण मञ्च हो ।’
भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भएको पछिल्लो राजनीतिक घटनाक्रम र पक्राउ पार्टीमाथिको हमला भएको बताउनु भयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र