काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवंपूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरुपयोग नगर्न र संयमित रहन चेतावनी दिनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । अध्यक्ष ओलीले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहोदामा रहेकाहरूलाई ‘उत्ताउलिएर’ अगाडि नबढ्न सचेत गराउनु भयो ।
नेपालको राजनीतिक इतिहास स्मरण गर्दै उहाँले राणा शासन, पञ्चायती तानाशाही र राजतन्त्रजस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान ’अराजक तन्त्र’ लामो समय नटिक्ने दाबी गर्नुभयो । अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएका आगजनी तथा राष्ट्रिय सम्पती विनाशका घटनाहरूप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले राष्ट्रव्यापी रूपमा भएका यस्ता उपद्रवकारी र आपराधिक क्रियाकलापलाई सरकारले सामान्य रूपमा लिएर बेवास्ता गर्न खोजेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘राज्य संयन्त्रमा रहेका संस्था र व्यक्तिहरूलाई म भन्न चाहन्छु- समय र परिस्थिति सधैँ एउटै रहँदैन । उत्ताउलिएर धेरै अगाडि नबढ्नुहोला। सधैँ एउटै परिस्थिति रहँदैन । राणा शासन ढल्यो, पञ्चायती तानाशाही ढल्यो, राजतन्त्र ढल्यो, अनेक तन्त्रहरू गए । यो अराजक तन्त्र कति समयको पाहुना हो, यो अराजकतन्त्र लामो समय चल्न सक्दैन । मैले अघि नै भनेको थिएँ, भदौ २३-२४ मा भएका उपद्रवकारी क्रियाकलाप, आगजनीजस्ता राष्ट्रव्यापी घटनाहरू, राष्ट्रको सम्पत्ति जलाउनेजस्ता अपराधलाई केही नभएको जस्तो गरी सर्लक्क पचाउने प्रयास भएको छ। यो सानोतिनो कुरा होइन ।’
राष्ट्रको सम्पती जलाउने जस्तो गम्भीर अपराधलाई ‘पचाउने’ प्रयास भइरहेको भन्दै उहाँले यसलाई सानोतिनो विषय नमानी गम्भीरतापूर्वक लिन आग्रह गर्नुभएको छ । अध्यक्ष ओलीको यो भनाइले वर्तमान शासन शैली र सुरक्षा अवस्थाप्रति उहाँको कडा असन्तुष्टि व्यक्त गरेको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र