काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र ती चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने दृढता व्यक्त गर्नुभएको छ।
पार्टीको आन्तरिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै अब सक्रिय रूपमा पार्टी र जनताको बीचमा पुनः उपस्थित हुने बताउनुभयो। उहाँले विगतमा स्वास्थ्य कारणले कार्यकर्तासँग नियमित रूपमा भेटघाट गर्न नसकेको स्वीकार गर्दै अब पूर्ण रूपमा सक्रिय हुने प्रतिबद्धता जनाउनुभयो।
उहाँले पार्टीभित्र अनुकूल अवस्थामा उत्साहित हुने र प्रतिकूल अवस्थामा जिम्मेवारीबाट पन्छिने प्रवृत्तिको आलोचना गर्नुभयो। महाधिवेशनले आफूलाई संघर्षको नेतृत्व गर्न अध्यक्ष चयन गरेको स्मरण गराउँदै ओलीले नेतृत्व भनेको कठिन परिस्थितिमा पनि जिम्मेवारी वहन गर्नु हो भन्ने धारणा राख्नुभयो।
अध्यक्ष ओलीले आफ्नो नेतृत्वलाई लिएर हुने विभिन्न टिप्पणीप्रति संकेत गर्दै आफू कुनै पनि अवस्थामा पार्टीलाई अलपत्र नछोड्ने स्पष्ट पार्नुभयो। उहाँका अनुसार पार्टीलाई सफलतासम्म पुर्याउने र त्यसपछि मात्र विधान र प्रक्रियाअनुसार विश्राम लिने अवस्था आउन सक्छ।
उहाँले केही समययता आफ्नो स्वास्थ्यबारे फैलिएका चर्चा र अड्कलबारे टिप्पणी गर्दै ती आधारहीन भएको बताउनुभयो। अहिले आफू पूर्ण रूपमा स्वस्थ रहेको र आन्दोलन तथा पार्टी नेतृत्वमा निरन्तर सक्रिय रहने उहाँको भनाइ थियो।
अध्यक्ष ओलीले पार्टी र नागरिकबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने उल्लेख गर्दै जनतासँग निरन्तर सम्पर्कमा रहनुपर्नेमा जोड दिनुभयो। उहाँले पार्टीलाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै चुनौतीपूर्ण परिस्थितिमा पनि दृढतापूर्वक अगाडि बढाउने संकल्प व्यक्त गर्नुभयो।





राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र