काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासबाट हात्तीका दाह्रा चोरी गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेकामध्ये पाँच जनाको परिचय सार्वजनिक गरेको हो। पक्राउ परेकाहरूमा काठमाडौं तार्केश्वर–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखा धार्चे–४ लाप्राकका २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडी डिलासैनी–३ का २४ वर्षीय पुरन बोहरा र गोरखा अजिरकोट–४ का २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।
प्रहरीका अनुसार मनमैजु क्षेत्रबाट प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। वन्यजन्तु हात्तीका दाह्रा बिक्री वितरण गर्ने तयारी भइरहेको भन्ने सूचनापछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा राजिव, आयुष र टेकप्रसादले हात्तीका दाह्रा टुक्रा पारी राजिवको घरछेउको खाली जग्गामा लुकाएर राखेको भेटिएको प्रहरीको दाबी छ। सोही स्थानबाट दुई टुक्रा दाह्रा र लागू औषध ट्रामाडोल १५० ट्याब्लेटसमेत बरामद गरिएको बताइएको छ।
पक्राउ परेका अन्यको बयानका आधारमा थप व्यक्तिहरूको संलग्नता खुलेपछि पुरन बोहरा र सन्तबहादुर भुजेललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको कोठाबाट समेत दाह्राका टुक्रा बरामद गरिएको उल्लेख छ।
प्रहरीका अनुसार बरामद भएका दाह्रा राष्ट्रपति कार्यालयबाटै चोरी भएको पुष्टि भएको छ। अनुसन्धानअनुसार गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा शीतल निवासमा तोडफोड र आगजनी भएको बेला दाह्रा चोरी भएको हो।
घटनामा संलग्नहरूविरुद्ध लागू औषध सम्बन्धी कसुर तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र