काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलले चालु आर्थिक वर्षभित्र उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५९२ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी सम्बन्धित सवारीधनीलाई फिर्ता गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधवार एक कार्यक्रमको आयोजना गर्दै चालु आर्थिक वर्षको हालसम्म ५९२ वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धीत सवारी धनीलाई फिर्ता गरिएको जानकारी दिएको हो । कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १५ वटा स्कुटर र २५ वटा मोटरसाइकल गरी ४० वटा दुईपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कुटर चोरी हुने भएकाले सुरक्षित स्थानमा मात्र पार्किङ गर्न आग्रह गर्नुभयो ।
उहाँले पार्किङ गर्दा सिसिटिभी निगरानी रहेको स्थान छनोट गर्न, ह्यान्डिल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र सवारीसाधनमा जीपीएस जडान गर्न सुझाव दिनुभयो । उहाँले जीपीएस जडान गरेमा सवारी चोरी भएपनि तत्काल पत्ता लगाउन सकिने बताउनु भयो । उहाँले सवारीकोसंगै सडक सुरक्षा पनि अपनाउन आग्रह गर्नुभयो । दुईपाङ्ग्रे सवारीसाधनबाट सबैभन्दा बढी सडक दुर्घटना हुने उल्लेख गर्दै उहाँले ट्राफिक नियमको पूर्ण पालना गर्न समेत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘असुरक्षित पार्किङ भयो भने मोटरसाईकल/स्कुटर चोरी हुन्छ, सकेसम्म सुरक्षित ठाउँमा पार्किङ गर्ने गर्नुहोला । पार्किङ गर्दा सिसिटिभीको निगरानीमा छ कि छैन, सुरक्षित स्थान हो कि होईन भन्नेमा ध्यान दिनुहोला । मोटरसाईकल पार्किङ गर्दा सकेसम्म लक गर्ने गर्नुपर्छ । बाईमा जिपिएस राख्नुहोला, ४/५ लाख रुपैयाँ तिरेर बाईक किन्नुहुन्छ, त्यसमा दुई चार हजार रुपैयाँ तिरेर जिपिएस राखिदिनुभयो भने चोरी भएर जहाँ लगेपनि तुरुन्तै पत्ता लाग्छ । जिपिएस राखेको बाईक चोरी भएमा हामी एकै दिनमा पत्ता लगाएर फिर्ता गरिदिन्छौँ ।’
बाइट।।। नवराज अधिकारी, प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय
ट्राफिक प्रहरीले सवारीसाधन चोरी वा हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध