काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई विगतका अप्ठ्याराहरू पार गर्दै नयाँ विकास कूटनीतिको युगतर्फ अघि बढाउने विषयमा गहन र सकारात्मक छलफल भएको बताउनु भएकाे छ ।
बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको करिब एक घण्टा लामो भेटवार्तापछि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै लामिछानेले उक्त संवाद “अत्यन्तै उत्पादक” रहेको उल्लेख गर्नुभएकाे हाे ।
उहाँका अनुसार छलफलका क्रममा साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर, तथा सहज कनेक्टिभिटी विस्तारजस्ता विषयमा विशेष जोड दिइएको थियो। उहाँले नेपाल–भारतबीचको सहकार्यलाई पारस्परिक विश्वास र विकासमा आधारित साझेदारीका रूपमा अघि बढाउन सकिने सम्भावनाबारे पनि धारणा व्यक्त गर्नुभएकाे छ ।
लामिछानेले रास्वपाले नेपाल र भारतका जनताको साझा समृद्धिका लागि यस्ता सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न अग्रसर भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गर्नुभयाे ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध