काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
खेलमा नेपालले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अन्तिम समयमा गोल खाएर हार व्यहोर्नुपरेको हो। इन्जुरी समयको ९३औँ मिनेटमा सागाेरिकाले निर्णायक गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन्।
नेपालका लागि २२औँ मिनेटमा गीता रानाले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। दीपा शाहीको कर्नर प्रहारमा आएको बललाई गीताले जाली चुमाएकी थिइन्।
तर दोस्रो हाफ सुरु भएको एक मिनेटमै, ४६औँ मिनेटमा रितु पाेर्ना चक्माले कर्नरबाटै सिधा गोल गर्दै खेल १–१ को बराबरी भएकाे थियाे।
नेपाल समूह चरणमा भूटानलाई १–० र श्रीलकालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।
यस जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ। अब उसले उपाधिका लागि भारत र भू६ानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध