काठमाडौं । राउण्ड टेबल नेपाल २५ देखि ४० वर्ष उमेरका युवाको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो ।जो विगत २६ वर्षदेखि सामाजिक सेवा परियोजनामा सक्रियरूपमा संलग्न रहँदै आएको । संस्थाको एक प्रमुख परियोजना ‘एजुकेट ए चाइल्ड(इएसी)’ परियोजनाको १० औं वार्षिकोत्सवका अवसरमा राउण्ड टेबल नेपालले काठमाडौं, धरान, बुटवल, विराटनगर, भैरहवा, वीरगञ्ज, धनगढी, नारायणघाट, हेटौंडा, जनकपुर र नेपालगञ्जलगायत ११ शहरमा राष्ट्रव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमलाई उत्प्रेरित गर्न परोपकारी, समाजसेवी तथा उद्योगी राजेन्द्र खेतानका साथै डा. बुद्धि मल्लको उपस्थिति थियो । शिक्षाका माध्यमबाट विपन्न बालबालिकालाई सहयोग गर्ने उद्देश्यले गरिएको उक्त पहलमा सदस्यहरू र स्वयंसेवकहरू देशभरका एक हजारभन्दा बढी बालबालिकालाई छात्रवृत्ति प्रदान गर्न एकसाथ भेला भएका थिए । आर्थिक शैक्षिक सहयोगका अतिरिक्त संस्थाले विद्यार्थीलाई स्टेसनरी सामग्री, खाना, आइसक्रिम र खाजा, आँखा जाँच शिविर, दन्त शिविर र म्याजिक शो कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
आयोजकका अनुसार इएसी परियोजना विगत एक दशकमा राउण्ड टेबल नेपालको सबैभन्दा प्रभावकारी सामाजिक पहलमध्ये एक बनेको छ, जसले बालबालिकालाई गुणस्तरीय शिक्षा र आवश्यक सिकाइ स्रोतहरूमा पहुँच प्राप्त गर्न मद्दत गरेको छ । १० वर्षे उत्सवले शिक्षामा केन्द्रित कार्यक्रममार्फत् बालबालिकालाई सशक्त बनाउने र समुदायलाई बलियो बनाउने संस्थाको निरन्तर प्रतिबद्धता प्रकाश पारेको राउण्ड टेबल नेपालले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि