काठमाडौं। नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुनसरी जिल्लाका ११० भन्दा बढी गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ।
बैंकले बुधबार सुनसरीको इटहरीस्थित श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरेको जनाएको छ।
बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले एक कार्यक्रमबीच विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो। बैंकका अनुसार यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउनुका साथै विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमबाट विद्यालयका ११० भन्दा बढी गरिब तथा विपन्न वर्गका विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका अधिकारीहरूको समेत सहभागिता रहेको थियो।
बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।
३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंकका हाल देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध