झापा । झापाको मेचीनगरमा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा भारतको गलगलिया, किसनगञ्ज निवासी ३३ वर्षीय अजय माझी र मेचीनगर नगरपालिका–७ का २५ वर्षीय अजय राजवंशीको ज्यान गएको हो।
आज साँझ करिब ५ः१५ बजे मेचीनगर–९ स्थित गोमनसरीको भित्री पक्की सडकमा सतिघट्टाबाट इटाभट्टातर्फ जाँदै गरेको होलिबेल बोर्डिङ स्कुलको मे.१ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे.९ प ९००४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनाका बेला मोटरसाइकल चालक राजवंशी थिए भने पछाडि माझी सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि प्रदेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
मृतकहरूको शव हाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक मेचीनगर–११ निवासी ४२ वर्षीय निरेन धिमाललाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेका छन्।
प्रहरीका अनुसार बसमा सामान्य क्षति पुगेको छ भने बसमा सवार अन्य कुनै व्यक्ति घाइते भएका छैनन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध