उदयपुर । मनसुनमा आएको परिवर्तनसँगै त्रियुगालगायत जिल्लाका विभिन्न भागमा केही दिनयता अत्यधिक गर्मी बढेका कारण जनजीवन प्रभावित बन्न थालेको छ ।
अत्यधिक गर्मी बढ्न थालेपछि दिउँसो विभिन्न काममा हिँडडुल गर्न तथा गाईबस्तु चराउन जान समस्या हुन थालेको छ । अत्यधिक गर्मीका कारण तातो हावा चल्दा कतिपय विद्यालयका विद्यार्थी कक्षाकोठामै अध्ययनकै क्रममा बेहोस भएर ढल्ने घटना देखा पर्न थालेको विद्यालयका शिक्षकले बताएका छन् ।
त्रियुगा नगरपालिका-१ जोगीदह बरगाछीका स्थानीय देवीप्रसाद ढुङ्गानाकाअनुसार एक हप्तायता अत्यधिक गर्मी बढ्न थालेपछि दिनमा गाईबस्तु चराउन जङ्गल-पाखातिर जान कठिनाइ भएको बताउनुहुन्छ ।
ढुङ्गाना भन्नुहुन्छ, “एक हप्ता अगाडिसम्म दिउँसो ११ः०० बजे गाईबस्तु जङ्गलमा लगेर चराउने गरेका थियौँ, तर अहिले अत्यधिक गर्मी बढ्न थालेपछि बिहानै गाईबस्तु जङ्गल लैजाने गरेका छाैँ ।” दिनमा घाँस दाउरा र मेलापात पनि गर्मीका कारण जान नसक्ने भएपछि घर वरिपरि शीतलमा बसेर दिन बिताउन बाध्य हुन परेको जोगीदह कङग खोलाका उमानाथ खनाल बताउनुहुन्छ ।
त्रियुगा नगरपालिका-११ गाईघाट शान्ति नगरटोलका ७० वर्षीय वृद्ध होमबहादुर कार्की भन्नुहुन्छ, “केही दिनयता अत्यधिक गर्मी बढेपछि घुमघाम गर्न नसक्दा साथीसँग भेटघाट नै बन्द जस्तै भएको छ ।”
त्रियुगा नगरपालिका-३ भुल्के सत्यदवी माविका शिक्षिका देविका दाहालकाअनुसार, अत्यधिक गर्मीका कारण विद्यार्थी कक्षा कोठामा बेहोस भएर ढल्ने गरेका छन् । मौसम विदहरुका अनुसार एक हप्तादेखि त्रियुगा क्षेत्रको तापक्रम ४०ं डिग्री सेल्सिएससम्म पुग्न थालेको छ ।
अत्यधिक गर्मीका कारण दिनमा समेत गाईघाट बजार क्षेत्र सुनसानजस्तै हुने गरेको स्थानीय व्यवसायी रमेशलाल साह बताउनुहुन्छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि