काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत नेपालले मलेसियासामु जितका लागि २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको उच्च स्कोर बनाएको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक शतकीय इनिङ्स खेल्दै ५४ बलमा १२६ रन बनाए। उनले आफ्नो पारीमा १४ चौका र ८ छक्का प्रहार गरे। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको तेस्रो शतक हो।
त्यस्तै आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक पारी खेले। उनले ५ चौका र ७ छक्का प्रहार गर्दै नेपालको स्कोर उकास्न महत्वपूर्ण भूमिका खेले।
मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोड्दै तीव्र गतिमा रन बटुले। उनले १ चौका र ४ छक्का प्रहार गरे।
बलिङतर्फ मलेसियाका विरनदीप सिंहले ३ विकेट लिए भने सिद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।
नेपाल र मलेसिया दुवै टोली यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन्। आजको खेल समूह विजेताको टुंगो लगाउने दृष्टिले महत्वपूर्ण मानिएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि