रोल्पा । रोल्पाको सहिदमार्गमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुने तीनै जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटनामा जिप चालक दाङको घोराही उपमहानगरपालिका–७ देउखुरी निवासी अन्दाजी २५ वर्षीय वीरबहादुर चौधरी, दाङको दंगीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्दै आएका अन्दाजी ४० वर्षीय जिउधन चौधरी तथा उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरीको मृत्यु भएको हो। तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दाङको घोराहीबाट रोल्पातर्फ जाँदै गरेको हार्डवेयर सामग्री बोकेको सानो सिङ्गल क्याब बोलेरो जिप बिहीबार बिहान करिब ८ बजे रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँस्थित व्याङखोलामा दुर्घटनामा परेको थियो।
सहिदमार्ग सडक खण्डबाट करिब ५ सयदेखि ६ सय मिटर तल खसेको जिपमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुखसहितको टोली, जिल्ला ट्राफिक प्रहरी तथा स्थानीयवासी घटनास्थलमा पुगेका थिए। उनीहरूले मृतकहरूको सनाखत गर्नुका साथै घटनाबारे थप अनुसन्धान अगाडि बढाएका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…