काठमाडौं । एसियन गेम्स क्रिकेट क्वालिफायरअन्तर्गत नेपालले मलेसियामाथि शानदार जित दर्ता गर्दै समूह विजेताका रूपमा एसियन गेम्समा स्थान सुरक्षित गरेको छ।
बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गर्दै समूह चरणमा आफ्नो दबदबा कायम राख्यो। यस जितसँगै नेपाल समूहको शीर्ष स्थानमा रहँदै आगामी एसियन गेम्सका लागि छनोट हुन सफल भएको हो।
नेपालले दिएको २७७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनायाे ।
नेपाली टोलीको जितमा ओपनर कुशल भुर्तेल नायक बने। उनले केवल ५४ बलमा १२६ रनको विस्फोटक शतकीय पारी खेले। आफ्नो उत्कृष्ट इनिङ्समा उनले १४ चौका र ८ छक्का प्रहार गरे। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको तेस्रो शतक हो।
यस्तै, आसिफ शेखले २४ बलमा ६८ रनको आक्रामक योगदान दिए। उनले ५ चौका र ७ छक्का प्रहार गर्दै नेपालको स्कोर उकास्न महत्वपूर्ण भूमिका खेले।
मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ११ बलमा ३१ रन जोड्दै टोलीलाई बलियो स्थितिमा पुर्याए। उनले १ चौका र ४ छक्का प्रहार गरे।
बलिङतर्फ मलेसियाका विरनदीप सिंहले ३ विकेट लिए भने सैयद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।
ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले बलिङमा पनि अनुशासित खेल प्रस्तुत गर्यो। नेपाली बलरहरूले सुरुदेखि नै मलेसियाली ब्याटरहरूलाई दबाबमा राख्दै लक्ष्य पछ्याउने क्रममा कुनै अवसर दिएनन्।
खेलभर नेपालले पूर्ण नियन्त्रण कायम राख्यो र मलेसियालाई कुनै पनि चरणमा पुनरागमन गर्ने मौका दिएन। फलस्वरूप मलेसियाली टोली ठूलो अन्तरको हार बेहोर्न बाध्य भयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि