काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण नेपालको समृद्धिको ढोका खोल्ने उद्देश्यसहित भएको बताउनुभएको छ।
नयाँ दिल्लीमा बिहीबार प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै उहाँले आफ्नो भ्रमणलाई राजनीतिकभन्दा बढी विकास र समृद्धिसँग जोडिएको बताउनुभयो। उहाँले भारतमा आफूलाई प्राप्त सम्मानलाई प्रवासी नेपालीहरूमा समर्पित गर्न चाहेको पनि उल्लेख गर्नुभयो।
“भारतमा हामीलाई सम्मान प्राप्त भएको छ, यो सम्मान तपाईंहरूलाई बाँड्न चाहन्छु। अब सम्मानित भएर हुँदैन, समृद्धिको ढोका खोल्ने हो,” उहाँले सम्बोधनका क्रममा भन्नुभयो।
उहाँका अनुसार आफ्नो भारत भ्रमण नेपाल र नेपालीको उन्नति तथा समृद्धिको लक्ष्यमा केन्द्रित रहेको छ। समृद्ध नेपालको दीर्घकालीन सपना साकार पार्न सहकार्यका एजेन्डासहित आफू नयाँ दिल्ली आएको उहाँको भनाइ छ।
सभापति लामिछानेले भारतले पछिल्लो १२ वर्षमा विकास र समृद्धिको महत्वपूर्ण यात्रा तय गरेको उल्लेख गर्दै नेपाल सो प्रक्रियालाई नजिकबाट नियालेर मात्र बसेको टिप्पणी गर्नुभयो। उहाँले अब नेपाल पनि समानान्तर रूपमा समृद्धिको यात्रामा अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
“समृद्धिको यात्रामा सँगसँगै हिँड्न साना–साना विषयहरू मिलाउँदै, सल्लाह गर्दै, संवाद गर्दै अगाडि बढ्ने कुरा भएको छ,” उहाँले भन्नुभयो।
उहाँले आफ्नो पाँच दिने भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविन लगायत उच्च राजनीतिक व्यक्तित्वसँग भेटवार्ता गरेको जानकारी दिनुभयो।
रास्वपा सभापति लामिछाने शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर