पोखरा । पोखरा महानगरपालिका–२१ स्थित फोहोर विसर्जनस्थलमा बिहीबार बिहान तीनवटा ग्रिनेड बम फेला परेका छन्।
महानगरका विभिन्न क्षेत्रबाट संकलन गरी ल्याइएको फोहोरमा कवाडी वस्तु छुट्याउने क्रममा रिमा शेर्पाले शंकास्पद वस्तु देखेपछि उक्त बम फेला परेको हो।
पोखरा–१७ स्थित रातोपैह्रा र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय आसपासबाट संकलन गरिएको फोहोर पोखरा महानगरपालिकाको ग १ ख ५४३७ नम्बरको गाडीमार्फत ल्याएर विसर्जन गरिएको थियो। सोही फोहोरको थुप्रोमा ग्रिनेड बम भेटिएको बताइएको छ।
संकलनकर्ताले बोराभित्र रहेका शंकास्पद वस्तु चलाउने प्रयास गर्दा त्यहाँ कार्यरत एस्काभेटर चालकले तत्काल देखेर सुरक्षित रूपमा राख्न सुझाव दिएका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थलमा पुगेर क्षेत्रलाई नियन्त्रणमा लिएको छ। साथै, फेला परेका ग्रिनेड बम निष्क्रिय पार्न नेपाली सेनालाई खबर गरिएको प्रहरीले जनाएको छ।
फोहोरको थुप्रोमा विष्फोटक पदार्थ कसरी पुगे भन्ने विषयमा प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि