जुम्ला । छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन प्रतियोगिताको उपाधि पुरुष र महिलातर्फ जुम्लाका खेलाडीले उचालेका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित उक्त प्रतिस्पर्धामा जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ जिया गायँकाकी २५ वर्षीया धाविका मञ्जु रावतले चुम्नुभएको छ । अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्मको ४२.१९ किमी दूरी ६ घण्टा १४ मिनेट १९ सेकेण्डमा पूरा गरी रावतले प्रथम स्थान हासिल गर्नुभएको हो ।
यसैगरी, जुम्लाको गुठीचौरकी २१ वर्षीया धाविका राज्यलक्ष्मी रावलले सो दूरी ६ घण्टा ५० मिनेट २५ सेकेण्डमा पूरा गरेर दोस्रो स्थान प्राप्त गर्नुभयो भने सोही जिल्लाको पातारासी गाउँपालिका-२ की १९ वर्षीया धाविका कल्पना बुढाले सो दूरी ७ घण्टा २० मिनेट ५६ सेकेण्डमा पूरा गरेर तेस्रो स्थान प्राप्त गर्नुभयो ।
अन्नपूर्ण हिमाल आरोहण दिवसका अवसरमा हरेक जुन ३ तारिखमा आयोजना हुने सो प्रतियोगिताअन्तर्गत माछापुच्छ्रे आधार शिविर, बगर देउराली, हिङ्कुकेभ, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोन, चुइले, मेलाचे, कोभ्रेडाँडा, किभ्रुङ खोला, उरी हुँदै घान्द्रुकसम्मको दूरी पार गर्नुपर्छ ।
यसैगरी, प्रतियोगिताको पुरुषतर्फको उपाधि जुम्लाकै तातोपानी–७ सर्मी गाउँका धावक दलबहादुर कुँवरले चार घण्टा चार मिनेट १० सेकेण्डमा पूरा गरेर जित्नुभयो । प्रतियोगितामा तिलक बुढामगरले सो दूरी चार घण्टा १० मिनेट आठ सेकेण्डमा पूरा गरेर दोस्रो स्थान प्राप्त गर्नुभयो । उहाँ गत वर्षका विजेता हुनुहुन्छ ।
यसैगरी, सचिन गुरुङले चार घण्टा ४९ मिनेट १२ सेकेण्डमा दौड पूरा गरेर तेस्रो स्थान प्राप्त गर्नुभयो । महिलातर्फ दुई विदेशीसहित ५१ तथा पुरुषतर्फ पाँच विदेशीसहित ५८ धावकले म्याराथनमा भाग लिएका थिए । महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ७५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख विक्रम गुरुङ र अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं प्रतियोगिताका संयोजक ललित गुरुङलगायतले संयुक्त रूपमा पुरस्कार प्रदान गरे ।
विसं. २०७५ देखि अन्नपूर्ण आरोहण दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ । ६ विदेशीसहित ५१ जनाले प्रतिस्पर्धा गरेको प्रतियोगितामा महिला पुरुष दुवैतर्फ प्रथम भएका धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि