काठमाडौं । गण्डकी प्रदेशले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा बिहीबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अतित थापा, आर्यन राना मगर, अंकित रानाभाट र सुदिप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी ३ मिनेट २७.९ सेकेण्डमा तय गर्दै कीर्तिमान रच्नुभएको हो ।
यसअघि ३ मिनेट ३०.९ सेकेण्डको कीर्तिमान बागमती प्रदेशका प्रवीण राना मगर, हस्त सुनार, निरज शाह र सन्तबहादुर दराइको नाममा थियो । उहाँहरूले उक्त कीर्तिमान गत संस्करणमा बनाउनुभएको थियो । गत संस्करणमै बनेको कीर्तिमानलाई उछिन्ने क्रममा ३ मिनेट ३०.७ सेकेण्डको समय निकाल्दै बागमतीका सप्रेश अधिकारी, निरज शाह, हस्त सुनार र सचिन थिङ दोस्रो हुनुभयो ।
सुदूरपश्चिम प्रदेशका सुरेश चौधरी, चित्रबहादुर केसी, विराज सुनार र वरुणदत्त राना तेस्रो बन्नुभयो । उक्त स्पर्धाको छात्रामा बागमती प्रदेशका सुरुचि मोक्तान, अनिशा थारु, भगवती खड्का र शर्मिला विक पहिलो हुनुभयो । टोलीले निर्धारित दूरी ४ मिनेट १८.१ सेकेण्डमा पूरा गर्नुभयो । लुम्बिनी प्रदेशका अनुजा चौधरी, रोशनी कामी, करिश्मा खड्का र दुर्गा विक दोस्रो तथा सुदूरपश्चिमका उषा चौधरी, विजया चटौल, स्वस्तिका शाह र कमल जैशी तेस्रो हुनुभयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भइरहेको प्रतियोगिताको छात्र लङजम्पमा सुदूरपश्चिमका विक्रम नाथ पहिलो हुनुभयो । उहाँले ६.६० मिटर जम्प गर्नुभयो । बागमतीका दिपेन्द्र गिरी र विशाल गुरुङ तेस्रो स्थानमा रहनुभयो । सो स्पर्धाको छात्रामा ५.०८ मिटर जम्प गर्दै बागमतीकी अनिशा थारु पहिलो हुनुभयो । सुदूरपश्चिमकी उषा चौधरी दोस्रो तथा लुम्बिनीकी गरिमा चौधरी तेस्रो हुनुभयो ।
छात्र ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमका लोकेश ऐरीले स्वर्ण जित्नुभयो । उहाँले ५६.३२ मिटर थ्रो गर्नुभयो । लुम्बिनीका अमित थारुले रजत तथा कोशी प्रदेशका सोहेल मनसोलीले कांस्य जित्नुभयो । त्यसै स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पूजा साउद पहिलो हुनुभयो । पूजाको उत्कृष्ट थ्रो ३५.४२ मिटर रह्यो । कोशीकी उमिता राई र कर्णाली प्रदेशकी सरिता शाह क्रमशः दोस्रो र तेस्रो हुनुभयो ।
छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनार पहिलो हुनुभयो । उहाँले २ मिनेट ००.२ सेकेण्ड समय निकाल्नुभयो । कर्णालीका सुमन सुनार दोस्रो तथा लुम्बिनीका सचिन कुर्मी तेस्रो हुनुभयो । सो स्पर्धाको छात्रामा बागमतीकी भगवती खड्का २ मिनेट २२.१ सेकेण्ड समयसाथ पहिलो हुनुभयो । सुदूरपश्चिमकी स्वस्तिका शाह दोस्रो तथा गण्डकी प्रदेशकी आस्मा अधिकारी तेस्रो बन्नुभयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि