टोकियो । जापान सरकारले नाबालिग तथा कम उमेरका सामाजिक सञ्जाल प्रयोगकर्ताको सुरक्षाका लागि कडा उमेर प्रमाणीकरणलगायत आवाश्यक प्रतिबन्ध लागू गरेर सामाजिक जिम्मेवारी बलियो बनाउन आह्वान गरेको छ ।
क्योडो न्यूजका अनुसार जापान सरकाले सञ्चारमन्त्रालयलाई अन्य देशमा देखिएको जस्तै पूर्ण उमेर-आधारित प्रतिबन्ध उपयुक्त नहुनसक्ने भन्दै सामाजिक सञ्जालको महत्त्व र उपयोगिता कायम रहने गरी सञ्चार उपकरणका लागि सुरक्षित रूपमा चलाउन सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ । जापान सरकारको प्रतिवेदनले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यको रक्षा गर्ने र सामाजि सञ्जालमा युवाको निर्भरता कम गर्ने उद्देश्यले उपायको वैकल्पिक व्यवस्था गरिने जनाएको छ ।
यो आवाह्न प्रविधिको तीव्र विकास र सामाजिक सञ्जालको उच्च उपयोगको बीचमा आएको छ, जसले आपराधिक गतिविधिमा नाबालिगको संलग्नतासहित उनीहरूको हानिकारक प्रभाव न्यूनीकरण गर्ने उपायको खोजी गर्ने जनाइएको छ । क्योडो न्यूजका अनुसार, यो प्रयास हानिकारक वेबसाइटमा पहुँच रोक्ने उदेश्यले अभिभावकको निगरानीको रूपमा आएको हो ।
गत वर्षदेखि जापानको आन्तरिक मामिला तथा सञ्चारमन्त्रालयले युवा प्रयोगकर्ताको सुरक्षामा सामाजिक सञ्जाल र स्मार्टफोन अपरेटिङ सिस्टमको भूमिका विस्तार गर्ने विषयमा छलफल गरिरहेको जनाइएको छ । पछिल्लो समयमा प्रस्ताव गरेका देशको सूचीमा जापान सामावेश भएको छ भने ती मध्ये धेरैले नाबालिगमा सामाजिक सञ्जालको प्रयोगसम्बन्धी कडा कानुन लागू गरेका छन् ।
फ्रान्सले १५ वर्षमुनिका बालबालिकाका लागि समाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध गर्न कानुनी प्रक्रियालाई छिटै टुंग्याउने लक्ष्य राखेको छ भने अष्ट्रेलियाले गतवर्ष १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसैगरी स्पेन र डेनमार्कले यो निर्णयमाथि विचार गरिरहेको जनाइएको छ । रासस/एएनआई







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि