काठमाडाैं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा तथा ट्रान्सवेल्ड ट्रान्सफर्मरको प्रायोजनमा ‘फिन इलेक्ट्रो-टेक २०२६’ को १२औँ संस्करण काठमाडौंस्थित भृकुटीमण्डपमा सुरु भएको छ । नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गर्नुभएको हाे ।
जेठ २५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीलाई नेपालकै विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित मेला मानिन्छ । आयोजककाअनुसार प्रदर्शनीले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन र प्रविधिको प्रदर्शन गर्दै व्यवसायिक सहकार्य तथा प्रविधि हस्तान्तरणका अवसर सिर्जना गर्नेछ ।
नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको प्रदर्शनीमा ऊर्जा तथा विद्युतीय क्षेत्रका अत्याधुनिक प्रविधि र सेवाहरू प्रदर्शित गरिएको छ । साथै, उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था र उपभोक्ताबीच ज्ञान तथा अनुभव आदान-प्रदानको महत्वपूर्ण मञ्चका रूपमा प्रदर्शनी स्थापित भएको आयोजकले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि