काठमाडौं । गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा छ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता शरतकुमार थापाक्षेत्रीका अनुसार सङ्खुवासभा धर्मदेवी नगरपालिका-९ का आशिष भनिने केदारबहादुर खड्का, सिन्धुपाल्चोक बाह्रविसे-४ का ईश्वर न्यौपाने, गुल्मी दरबार-२ का रामबहादुर क्षेत्री र सप्तरी कृष्ण सव्राम-२ का प्रकाश साहलाई पक्राउ गरिएको हो ।
यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-४ का कुमार उराउ तथा खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ का पशुपति राईलाई पक्राउ गरिएको हो । उनीहरु सबैलाई गत बुधबार र हिजो पक्राउ गरिएको हो । अभियुक्तहरुबाट नगद रु ३१ लाख ८० हजार बरामद भएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि