काठमाडौं । धितोपत्र बजारमा साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। शुक्रबार नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घटेर दुई हजार ७५६ दशमलव ४१ बिन्दुमा पुगेको हो।
त्यस्तै, ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि एक दशमलव ७७ अंकले घट्दै ४७१ दशमलव ९९ बिन्दुमा सीमित भएको छ।
आज कुल ३५१ कम्पनीका एक करोड २७ लाख ३२ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार ८२३ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो। त्यसपछि सिटी होटल लिमिटेड, एनबिबिएल डिबेञ्चर, सेन्ट्रल फाइनान्स र रिडी पावर कम्पनी शीर्ष पाँच कारोबार हुने कम्पनीमा परेका छन्।
आजको कारोबारमा कालिञ्चोक हाइड्रोपावर, उपकार लघुवित्त, लक्ष्मी बैंक डिबेञ्चर, वेष्ट फाइनान्स कम्पनी तथा सिटी होटल लिमिटेड का लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्।
यता एबिएल डिबेञ्चर, होटल फरेष्ट इन, माविलुङ इनर्जी, रिजलाइन इनर्जी तथा सूर्यकुण्ड हाइड्रो का लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन्।
बजार परिसूचक घटे पनि कारोबार रकम भने पाँच अर्ब रुपैयाँभन्दा माथि कायम रहँदा लगानीकर्ताको सक्रियता उच्च रहेको देखिएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि