पोखरा । मुस्ताङको कोरोला नाका हुँदै भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएका ७७५ वटा विद्युतीय सवारीसाधन (ईभी) अझै विभिन्न स्थानमा राखिएका छन्। तीमध्ये ९६ वटा गाडी कास्कीको पोखरा महानगरपालिका–२५, सुइखेतमा सशस्त्र प्रहरीको निगरानीमा सुरक्षित राखिएको छ।
सशस्त्र प्रहरीले जेठ २८ गते मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जालगायत विभिन्न स्थानबाट ती सवारीसाधन नियन्त्रणमा लिएको हो। विशेष सूचनाका आधारमा ठूलो परिमाणमा ईभी गाडी भन्सार छली गरी भित्र्याइएको आशंका भएपछि संयुक्त अपरेसन सञ्चालन गरिएको थियो।
अपरेसनका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट विशेष टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन नाकादेखि पोखरासम्मका विभिन्न स्थानमा निगरानीसहित राखिएका छन्। पोखरा–२५ सुइखेतमा मात्रै ९६ वटा ईभी सुरक्षित रूपमा राखिएको छ भने बाँकी सवारीसाधन अन्य स्थानमा निगरानीमा राखिएको जनाइएको छ।
घटनाबारे सरकारले छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाएको छ। ती सवारीसाधन वैधानिक रूपमा आयात गरिएका हुन् वा भन्सार प्रक्रिया छलेर ल्याइएका हुन् भन्ने विषयमा विस्तृत छानबिन भइरहेको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि