जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषामा नगर अधिवेशनलाई लिएर देखिएको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। गणेशमान चारनाथ नगरपालिकामा भएको नगर अधिवेशनका क्रममा उत्पन्न विवाद समाधान नभएपछि असन्तुष्ट कार्यकर्ताहरूले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।
असन्तुष्ट पक्षले पार्टी नेतृत्वले निर्वाचन आयोगको निर्देशन तथा आम कार्यकर्ताको भावनाविपरीत विवादित समितिलाई वैधानिकता दिन खोजेको आरोप लगाएका छन्। उनीहरूका अनुसार नगरपालिकामा दुई पक्षले छुट्टाछुट्टै नगर अधिवेशन गरेपछि स्थिति थप जटिल बनेको हो।
नगर सभापति राकेश यादवले भने दुवै पक्षद्वारा गरिएको अधिवेशन खारेज गरी नयाँ मिति तोकेर निष्पक्ष रूपमा पुनः अधिवेशन गरिनुपर्ने माग राखेका छन्।
असन्तुष्ट समूहका अनुसार निर्वाचन आयोगले २०८१ जेठ १९ गते अर्को सूचना नआएसम्म अधिवेशन स्थगित गर्न निर्देशन दिएको थियो। तर उक्त निर्देशनको अवज्ञा गर्दै एक पक्षले एकलौटी रूपमा अधिवेशन अघि बढाएको उनीहरूको आरोप छ।
तालाबन्दीमा उत्रिएका कार्यकर्ताहरूले पार्टीभित्र गुट–उपगुट बढ्दै गएको भन्दै केन्द्रीय नेतृत्वको तत्काल हस्तक्षेपको माग गरेका छन्। उनीहरूले विवाद समाधान नभए आन्दोलनका कार्यक्रम थप सशक्त बनाइने चेतावनी समेत दिएका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…