काठमाडौँ । उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्कर शुक्रबार कार्यालयको काम सकेर घर फर्किँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियाे। कपनस्थित निवास नजिकै पुगेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको डीएसपी नेतृत्वको टोलीले उहाँको गाडी रोकेर सोधपुछका लागि साथमा लैजाने जनाएको थियो।
प्रहरीले उहाँलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याएर प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको एक म्यासेजबारे सोधपुछ गरेको स्रोतहरूले जनाएका छन्। लामो समयको सोधपुछपछि उहाँलाई राति करिब १० बजे पत्नी आभा श्रेष्ठको जिम्मा जमानीमा रिहा गरिएको थियाे।
अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार सचिव पुष्करले प्रधानमन्त्री शाहलाई राजदूत नियुक्तिसम्बन्धी विषयमा म्यासेज पठाएको पाइएको छ। सो म्यासेजमा उहाँले अवकाशमा जान लागेको उल्लेख गर्दै राजदूत पदमा नियुक्तिका लागि अनुरोध गरिएको विवरण रहेको बताइन्छ।
पुष्करले प्रधानमन्त्री शाहलाई मोबाइलमा एउटा म्यासेज पठाएको र सो म्यासेजमा उहाँले ‘राजदूत नियुक्ति’बारे म्यासेज पठाएको बुझिएको छ ।
राजदूत नियुक्तिका लागि सरकारले केही समयअघि दरखास्त आह्वान गरेको सन्दर्भमा उहाँले प्रधानमन्त्रीसँग मार्गदर्शनसमेत मागेको देखिएको स्रोतको भनाइ छ।
प्रहरी नियन्त्रणमा लिएर सोधपुछ गरेपछि आवश्यक प्रक्रियाअनुसार उहाँलाई रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीहरूले जनाएका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…