काठमाडौँ । गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र ६ जना सहसचिवसहित कुल १८ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले विभिन्न जिल्लामा कार्यरत अधिकारीहरूलाई नयाँ जिम्मेवारी दिँदै प्रशासनिक पुनर्संरचना गरेको हो।
सरुवा सूचीअनुसार सहसचिव निराजन घिमिरेलाई स्याङ्जा, कुमानसिंह गुरुङलाई कास्की र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ।
त्यस्तै स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्याललाई सङ्खुवासभा, नवलपरासी (पूर्व) का भविश्वर पाण्डेलाई पाल्पा, सुर्खेतका जगदीश्वर उपाध्यायलाई नवलपरासी (पूर्व), रामेछापका श्यामकृष्ण थापालाई सप्तरी, कास्कीका रुद्रादेवी शर्मालाई धनकुटा र सङ्खुवासभाका सिर्जना थपलियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरिएको छ।
यसैगरी ओखलढुङ्गाका मेखबहादुर मङ्ग्रातीलाई उदयपुर, सप्तरीका टुवराज पोखरेललाई ओखलढुङ्गा, धादिङका विजयराज सुवेदीलाई सर्लाही, पाल्पाका विनु बज्राचार्यलाई रामेछाप, उदयपुरका धर्मराज जोशीलाई सुर्खेत र सर्लाहीका रामुराज कडरियालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले यो नियमित प्रशासनिक प्रक्रिया भएको बताउँदै रिक्त पदपूर्ति, कार्यकाल पूरा भएका अधिकारीको व्यवस्थापन तथा जिम्मेवारी सन्तुलनका लागि सरुवा गरिएको स्पष्ट पार्नुभयो।
त्यस्तै सहसचिव बलराम निरौलालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय, प्रदीपकुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि