काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा आज नयाँ दिल्ली पुग्नुभएकाे छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको निमन्त्रणामा उहाँ भारत प्रस्थान गर्नुभएकाे हाे ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएकाे मन्त्री खनाललाई भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले स्वागत गर्नुभएकाे हाे ।
भ्रमणका क्रममा मन्त्री खनालले भारतीय समकक्षी डा. जयशंकरसँग द्विपक्षीय वार्ता गर्नुका साथै अन्य उच्चस्तरीय भेटघाटमा पनि सहभागिता जनाउने कार्यक्रम रहेको छ।
यो भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सहयोगका क्षेत्रहरू विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि