कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका–१ स्थित बजेरीचौर क्षेत्रमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार दिउँसो करिब १२:४० बजे तिलागुफा नगरपालिकाकाे नाग्माबाट बजेरीचौरतर्फ जाँदै गरेको से २ त ३४३५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । विपरीत दिशाबाट आइरहेको अर्को ट्याक्टरलाई साइड दिने क्रममा उक्त ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक जुम्लाको चन्दननाथ नगरपालिका–९ निवासी करिब २४ वर्षीय भक्तबहादुर सुनार गम्भीर घाइते भएका छन् । उनको टाउको तथा शरीरका अन्य भागमा चोट लागेको छ ।
त्यसैगरी ट्याक्टरमा सवार ट्याक्टरधनी डडेलधुराको अमरगढी नगरपालिका–८ निवासी करिब ३५ वर्षीय नरेश पाण्डे पनि गम्भीर घाइते भएका छन् । उनको पनि टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश ०४०९ नम्बरको बोलेरो गाडीमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला पठाइएको ।
दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र घटनाको थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक वीरसिंह रावलको कमाण्डमा चार जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
घटनास्थल प्रहरी चौकी नाग्मागाडबाट करिब ६ किलोमिटर उत्तरतर्फ रहेको बताइएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि