काठमाडौं । भुटानविरुद्धको खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले विपक्षी ब्याटरलाई ‘टाइम-आउट’ मार्फत् आउट गराएको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले माफी मागेको छ । क्रिकेटको नियमसम्मत भए पनि यस्तो निर्णयले खेलको गरिमा र उच्च भावनाको कदर नगरेको स्वीकार गर्दै क्यानले एक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको हो ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा नेपाली टोलीको उक्त कदम क्यानले आत्मसात् गर्दै आएको खेल मूल्य-मान्यता र भावना अनुरूप नभएको उल्लेख गरिएको छ ।
सचिव खड्काले नेपाली महिला टोलीको सो व्यवहारप्रति क्यानका तर्फबाट माफी माग्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल एक उदाउँदो क्रिकेट राष्ट्र भएको बताउँदै क्यानले खेलमा अनुशासन, आपसी सम्मान र स्वच्छ प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिने जनाएको छ । क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडी र सम्पूर्ण सरोकारवालाहरूसमक्ष माफी मागेको छ । मैदानभित्र र बाहिर दुवै अवस्थामा क्रिकेटको उच्च मर्यादा र निष्ठा कायम राख्न क्यान सदैव प्रतिबद्ध रहने सचिव खड्काले जनाउनुभएको छ ।
नेपाल र भुटानबीचको खेलका क्रममा भुटानी ब्याटर निर्धारित समयभित्र क्रिजमा नपुगेको भन्दै नेपाली टोलीले अपिल गरेपछि अम्पायरले ‘टाइम–आउट’को निर्णय दिएका थिए ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…