काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ । शुक्रबार समूह ‘बी’ को अन्तिम खेलमा हङकङले ओमानलाई पराजित गरेसँगै हङकङ समूह विजेता र ओमान उपविजेता भएपछि समूह ‘ए’ को विजेता नेपालले ओमानसँग खेल्ने भएको हो । नेपाल र ओमानबीचको खेल आज (आइतबार) हुनेछ । खेल बिहान सबा ७ः१५ बजेदेखि सुरु हुनेछ । त्यसैगरी दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता मलेसियाले प्रतिस्पर्धा गर्दैछन् । दोस्रो सेमिफाइनल आज (आइतबार) दिउँसो १२ः१५ बजे सिंगापुरमा हुनेछ ।
नेपालले बिहीबार नै मलेसियालाई हराएर समूह ‘ए’ को विजेता बनिसकेको छ । मलेसियाले सेमिफाइनलमा हङकङसँग खेल्नेछ । चारवटै टोली जापानमा हुने एसियन गेम्समा छनोट भइसकेका छन् ।
शुक्रबार हङकङले ओमानमाथि १५४ रनको जित हासिल गरेको हो । हङकङले दिएको २८८ रनको विशाल लक्ष्य पछ्याएको ओमानले २० ओभरमा आठ विकेट गुमाएर १३३ रनमात्र बनाउन सक्यो । हङकङका लागि एहसान खानले चार ओभरमा १२ रन दिएर चार विकेट लिनुभएको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले अंशुमन राथको शतक तथा बाबर हायात र निजाकात खानको अर्धशतक मद्दतमा २० ओभरमा एक विकेट गुमाएर २८७ रन बनाएको थियो । अंशुमन ५६ बलमा १६० रन बनाएर नटआउट रहनुभयो । निजाकातले ४५ बलमा ७६ रन बनाउनुभयो । बाबर १९ बलमा ६३ रन बनाएर अविजित रहनुभयो ।
पहिलो जितसँगै एसियन गेम्समा स्थान बनाइसकेको नेपाल छनोटको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा हुनेछ । समूह ‘ए’बाट नेपाल र मलेसिया एसियन गेम्समा छनोट भएका छन् भने समूह ‘बी’बाट ओमान र हङकङ छनोट भइसकेका छन् । छनोट प्रतियोगिताबाट समूह ‘ए’का चीन र कतारसँगै समूह ‘बी’बाट बहराइन र सिंगापुर बाहिरिएका छन् । एसियन गेम्स छनोटको फाइनल खेल जेठ २५ गते (सोमबार) हुनेछ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम