काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा हालै संघीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८३/०८४ को बजेटका कतिपय व्यवस्थाप्रतिप्रति असन्तुष्टि व्यक्त गरेको छ । नाडाका अनुसार बजेटमार्फत् सरकारले विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाउने व्यवस्था गरेको छ । सरकारको वर्तमान कर नीतिले विद्युतीयलगायत इन्धनबाट चल्ने सवारीसाधनसमेतको मूल्य बढ्ने देखिएको छ ।
नेपाल विश्व व्यापार संगठनको सदस्य भएको दुई दशक भइसकेको र नेपाल कम विकसित राष्ट्रबाट स्तरोन्नति भएर विकासशील राष्ट्रमा परिणत हुँदै गरेको सन्दर्भमा नाडाले न्यूनतमरूपमा सवारीसाधनमा सरकारले थप कर वृद्धि नगर्ने अपेक्षा राख्दै आएको थियो । सरकारले मोटर पिक पावरका आधारमा महसुल दर कायम राख्दै आएकोमा नयाँ बजेटले कारोबार मूल्यका आधारमा महसुल लगाउने व्यवस्था गरेको छ । नाडाले सदैव स्थिर कर नीतिको माग गर्दै आएको र सरकारले पनि खासगरी विद्युतीय सवारीसाधन सन्दर्भमा प्रवर्द्धनात्मक नीति लिइने बताउँदै आएको थियो । तर, सरकारले अब सवारीसाधनलाई मूल्यका आधारमा कर निर्धारण गर्ने र अतिरिक्त शीर्षकहरूमार्फत् थप महसुल लगाउने निर्णय गरेको नाडाको भनाइ छ । जसले गर्दा प्रायः सबै किसिमका सवारीसाधनको मूल्य बढ्ने बताइएको छ । सवारीसाधनहरूको मूल्य स्थिरताका लागि सरकारले नेपाली रुपैयाँभन्दा डलरका आधारमा कर निर्धारण गर्नु थप व्यावहारिक हुने नाडाले जनाएको छ ।
नाडाका अनुसार बजेटले सम्भवतः नेपालको इतिहासमै झण्डै तीन खर्ब रुपैयाँ सडक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गर्दै अधुरा सबै सडक र राजमार्ग समयमै पूरा गर्ने प्रतिबद्धतासमेत जनाएको छ । जसले सरकार पूर्वाधार निर्माणमा कटिबद्ध छ भन्ने स्पष्ट हुन्छ । द्रुतगतिको सडक पूर्वाधार निर्माणले नेपालको समग्र अटोमोबाइल व्यवसाय पनि गतिशील हुने अपेक्षा राखिएको छ । बजेट केही महत्त्वाकांक्षी देखिए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सके देशको अर्थतन्त्र नै गतिशील हुनेमा कुनै सन्देह नरहेको भन्दै बजेट समग्रमा सन्तुलित र भविष्य निर्माणमुखी देखिएको छ ।







हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर