काठमाडौं । एनआइसी एसिया बैंक र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको आधिकारिक बिक्रेता इफिक्स नेपालबीच ग्राहकलाई विशेष सुविधा प्रदान गर्ने सम्झौता भएको छ । ग्राहकको डिजिटल बैंकिङ आवश्यकता सम्बोधन गर्दै ग्राहक अनुभव थप परिस्कृत बनाउने रणनीतिक उद्देश्यसाथ उक्त सहकार्य गरिएको बताइएको छ ।
सम्झौतापत्रमा बैंकका चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली तथा इफिक्स नेपालका आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य प्रतिशत ब्याजदरमा अनर ब्राण्डका स्मार्टफोनहरू क्रेडिट कार्डमार्फत् खरिद गरी आकर्षक मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने बैंकले बताएको छ ।
ग्राहकले कुनै थप ब्याजबिना अधिकतम १२ महिनासम्मको अवधिमा रकम भुक्तानी गर्न सक्ने गरी आकर्षक स्मार्टफोन खरिद गर्न सक्ने विशेष लाभ हासिल गर्न सक्ने र मासिक किस्ताबन्दीका लागि बैंकको पोर्टलबाट सहजै अनलाइन आवेदन दिई भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सकिने बताएको छ ।
त्यसैगरी, विदेशमा रहेका नेपालीले पनि इफिक्स नेपालको वेबसाइटमा बैंकको साइबरसोर्स प्रणालीमार्फत् भुक्तानी गरी नेपालमा रहेका आफ्ना परिवार वा आफन्तलाई स्मार्टफोन उपहार पठाउन सक्ने सुविधा पनि रहेको छ ।
बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन तथा ग्राहकलाई सहज वित्तीय सेवा उपलब्ध गराउने रणनीतिअनुरूप इफिक्स नेपालसँगको सहकार्यले ग्राहकको आर्थिक भार कम गर्न तथा डिजिटल खरिद अनुभव थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।






भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई