काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो इतिहासमै पहिलोपटक ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्याली आयोजना गरेको छ ।
दिपल, भोल्टस्, कामा, एम्पायर, स्काइवर्थ, फ्युचर मोटर्स, नामी, टियागो इभी, सुजुकी, टाइम्स बिजनेस र नेपाल इन्स्योरेन्स कम्पनीलगायतसँगको सहकार्यमा विभिन्न ब्राण्डका सवारीसाधनको सहभागिता थियो । आयोजकका अनुसार र्यालीमा सहभागी ९२ जनालाई नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, नाडाका पूर्व अध्यक्षद्वय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रमाणपत्र वितरण कार्यक्रमको सञ्चालन नाडाका महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो भने र्याली व्यवस्थापन नाडा केन्द्रीय कार्यसमितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गर्नुभएको थियो ।






सेलिब्रेटी सांसदहरूलाई धक्का
शरणार्थीले निम्त्याउने समस्या
मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट
आजका लागि तोकियो विदेशी मुद्राको
कक्षा १२ को मौका परीक्षाको
सवारी दुर्घटना न्यूनीकरणका लागि विशेष