काठमाडाैं । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आज हुने पहिलो सेमिफाइनलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने यो खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ ।
समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको नेपाल उत्कृष्ट लयमा देखिएको छ । समूह चरणमा नेपालले चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको फराकिलो अन्तरले हराउँदै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको थियो ।
उता, समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम चारमा पुगेको ओमान पनि नेपालका लागि सहज प्रतिद्वन्द्वी भने हुने छैन । तर लगातार दुई प्रभावशाली जित निकालेको नेपाली टोली आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ ।
यस प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने चारै टोलीले आगामी एसियन गेम्सका लागि छनोट सुनिश्चित गरिसकेका छन् । समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्सको टिकट हात पारेका हुन् ।
आज नै हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरु हुने तालिका रहेको छ ।
अब नेपाली टोलीको लक्ष्य ओमानलाई पराजित गर्दै फाइनल यात्रा तय गर्नुका साथै छनोट प्रतियोगिताको उपाधितर्फ थप एक कदम अघि बढ्नु रहेको छ ।





निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…