काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । सेमिफाइनल खेलमा नेपालले ओमानलाई सहजै पराजित गर्दै निर्णायक चरणमा प्रवेश गरेको हो ।
सिंगा ओभल मैदानमा आइतबार बिहान सम्पन्न खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै शानदार जित दर्ता गर्यो । ओमानले प्रस्तुत गरेको ९५ रनको सामान्य लक्ष्य नेपालले मात्र ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै एकतर्फी नतिजा निकालेको हो ।
नेपालको जितमा लोकेश बमको महत्वपूर्ण योगदान रह्यो । उहाँले अविजित ४४ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई सहज जिततर्फ डोर्याउनुभयाे। त्यस्तै कप्तान रोहित पौडेल पनि अविजित २१ रनमा टिकेर टोलीलाई स्थिरता प्रदान गर्नुभयाे । त्यसअघि कुशल भुर्तेलले २० रनको योगदान दिनुभयाे भने आसिफ शेख १ रनमा आउट हुनुभयाे ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानले भने अपेक्षित प्रदर्शन गर्न सकेन । ओमानको इनिङ १९.४ ओभरमै ९४ रनमा समेटिएको थियो । ओमानका कप्तान सुफियान मेहमुदले सर्वाधिक ३८ रन बनाए पनि अन्य ब्याट्सम्यानहरूले ठूलो योगदान दिन सक्नुभएन। जुबेर अली अकबरले २२ रन जोडे पनि टोलीलाई सम्मानजनक स्कोरतर्फ लैजान सक्नुभएन ।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै ओमानलाई दबाबमा राख्नुभयाे । करण केसीले सर्वाधिक ३ विकेट लिनुभयाे । सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पार्नुभयाे । शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १–१ विकेट लिनुभयाे ।
यो जितसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ, जहाँ अब हङकङ र मलेसियाबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । उक्त दोस्रो सेमिफाइनल खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…