काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन ऐन संशोधन आवश्यक रहेको बताउनुभएको छ।
आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँग आयोजित भेटघाट कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य बीमा क्षेत्रमा देखिएका समस्या र गुनासो समाधानका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
सचिव डा. देवकोटाले स्वास्थ्य बीमा सुधारका लागि सरकारले आवश्यक तयारी गरिरहेको र बीमा ऐन संशोधन गरी साउन १ गतेदेखि सुधारका कार्यक्रम अघि बढाउने लक्ष्य रहेको बताउनुभयो। उहाँले बीमा सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पार्नुभयो।
उहाँले स्वास्थ्य बीमा कार्यक्रमका लागि आगामी आर्थिक वर्षमा बजेट उल्लेख्य रूपमा वृद्धि गरिएको जानकारी दिँदै विगतमा करिब साढे सात अर्ब रुपैयाँ विनियोजन हुँदै आएकोमा आगामी वर्षका लागि १५ अर्ब रुपैयाँ छुट्याइएको बताउनुभयो।
“बीमा सुधारका लागि विभिन्न सुझाव आएका छन्। यस क्षेत्रमा रहेका समस्या समाधान गर्न नीतिगत सुधार आवश्यक छ। ऐन संशोधनमार्फत कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको छ। सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राखेको प्रमाण बजेट वृद्धिबाट पनि स्पष्ट हुन्छ,” उहाँले भन्नुभयो।
सचिव डा. देवकोटाले आगामी तीन वर्षभित्र आधारभूत स्वास्थ्य सेवा देशभरका नागरिकको पहुँचमा पुर्याउने सरकारको प्रतिबद्धता रहेको पनि बताउनुभयो।
उहाँले स्वास्थ्य सेवामा पहुँच विस्तार, सेवा गुणस्तर सुधार तथा स्वास्थ्य बीमा प्रणालीलाई थप विश्वसनीय र प्रभावकारी बनाउने दिशामा मन्त्रालयले काम गरिरहेको जानकारी दिनुभयो।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…