पेरिस । रसियाली युवा टेनिस खेलाडी मिरा एन्ड्रिभाले आफ्नो करियरको पहिलो ग्रान्डस्लाम उपाधि जित्नुभएको छ । १९ वर्षीया एन्ड्रिभाले प्रतिद्वन्द्वी च्वालिन्स्कालाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गर्दै फ्रेन्च ओपनको उपाधि चुम्नुभएको हो ।
यो जितसँगै रसियाली आठौँ वरीयताप्राप्त एन्ड्रिभा सन् १९९२ मा मोनिका सेलेसपछि रोल्याण्ड ग्यारोसको उपाधि जित्ने सबैभन्दा कान्छी महिला खेलाडी बन्नुभयो । १ घण्टा २२ मिनेट चलेको खेल जितेपछि खुसीले कोर्टमा ढल्नुभएकी एन्ड्रिभाले लगत्तै दर्शकदीर्घामा पुगेर प्रशिक्षक तथा सन् १९९४ की विम्बल्डन च्याम्पियन कोन्चिटा मार्टिनेजलाई अँगालो हाल्नुभएको थियो । खेलको सुरुवातमा दुवै खेलाडीले लगातार चार पटक एकअर्काको सर्भिस ब्रेक गरेका थिए ।
फाइनलमा पराजित भए पनि पोल्याण्डकी च्वालिन्स्काले पेरिसमा बितेका केही हप्ताहरूमा लोभलाग्दो इतिहास रच्नुभएको छ । फ्रेन्च ओपनको इतिहासमा आजसम्म कुनै पनि क्वालिफायर खेलाडीले उपाधि जित्न सकेका छैनन् ।
च्वालिन्स्काले यसअघिका १४ प्रयासमध्ये केवल दुई पटकमात्र ग्रान्डस्लामको छनोट चरण पार गर्न सक्नुभएको थियो । तर, उपविजेता बनेसँगै उहाँले १४ लाख युरो पुरस्कार रकम प्राप्त गर्नुभयो, जुन उहाँको खेल जीवनको कुल कमाइभन्दा तीन गुणा बढी हो । यसका साथै उहाँ विश्व वरीयताको करियरकै उत्कृष्ट २१औँ स्थानमा उक्लनुभयो । एजेन्सी






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम