विराटनगर । विराटनगरमा भएको ‘जिपी कोइराला ५-ए साइड महिला हक्की च्याम्पियनसिप’को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ । कोशी प्रदेशमा पहिलो पटक जिपी कोइराला स्पोर्ट्स एकेडेमीले आयोजना गरेको ५-ए साइड महिला हक्की प्रतियोगितामा आर्मीले गण्डकी प्रदेशलाई पाँच-तीन गोल अन्तरले हराउँदै उपाधि आफ्नो पोल्टामा पारेको हो ।
उपाधिसँगै आर्मीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता बनेको गण्डकी प्रदेशले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ । हक्कीको उपाधि हात पार्ने क्रममा आर्मीकी निलिमा पाण्डेले ह्याट्रिकसहित तीन गोल गर्नुभयो भने सुनिता नेगीले दुई गोल गर्नुभयो । गण्डकीका तर्फबाट मयुरी राईले दुई र सोनु बरालले एक गोल फर्काउनुभए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी आर्मीकी सबिना केसी प्लेयर अफ द टुर्नामेन्ट, मधेस प्रदेशकी लक्ष्मनिया दास उदीयमान खेलाडीको विधाबाट पुरस्कृत हुनुभयो ।
प्रतियोगितामा आर्मीले आफ्ना सबै चार खेलमा जित निकाल्दै अपराजित यात्रा तय गरेको थियो । उपविजेता गण्डकीले चारमध्ये दुई खेलमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको थियो । यता, आयोजक तथा घरेलु टोली कोशी प्रदेश चार अंकसहित चौथो स्थानमा सीमित भयो ।
च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मीसहित कोशी, गण्डकी, मधेस र बागमती प्रदेशका टोलीहरूको सहभागिता रहेको थियो ।
विजेता तथा उपविजेता टोली र खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष वसन्तराज अर्याल, जिपी कोइराला स्पोर्ट्स एकेडेमीका रञ्जन थापा, नेपाल हक्की संघ कोशी प्रदेश अध्यक्ष जीवनराज तिम्सिनालगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि