काठमाडौं । मेरिको लिमिटेडअन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोनले नेपाली अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
स्वाभाविक आकर्षण, आत्मविश्वास र दर्शकमाझको बलियो लोकप्रियताका कारण स्वस्तिमा लिभोनको ब्रान्ड पहिचानसँग मेल खाने व्यक्तित्वका रूपमा चयन भएकी हुन्। अब उनी लिभोनको नयाँ टेलिभिजन विज्ञापन (टीभीसी) मार्फत ब्रान्डको सन्देश र ऊर्जालाई दर्शकमाझ प्रस्तुत गर्नेछिन्।
लिभोनको नयाँ अवधारणा ‘लिभोन इट’ मा आधारित उक्त अभियानले काम, यात्रा र सामाजिक गतिविधिमा सक्रिय रहने महिलाहरूको जीवनशैलीलाई चित्रण गरेको छ। आत्मविश्वासका साथ निरन्तर अघि बढ्ने महिलाहरूको ऊर्जा, उत्साह र सकारात्मक सोचलाई केन्द्रमा राखिएको यस विज्ञापनमा युवा पुस्तामाझ लोकप्रिय गायिका जेनी योञ्जनको स्वरले थप आकर्षण थपेको छ।
लिभोनले महिलाहरूलाई आत्मविश्वास अभिवृद्धि गर्न र आफ्नो दैनिक जीवनमाथि नियन्त्रणको अनुभूति दिलाउन लामो समयदेखि काम गर्दै आएको बताएको छ। ब्रान्डका अनुसार स्वस्तिमाले पर्दामा मात्र होइन, आफ्नो वास्तविक जीवनशैलीमार्फत पनि आत्मविश्वास र आत्मअभिव्यक्तिको सन्देश प्रतिनिधित्व गर्नेछिन्।
कम्पनीले यो सहकार्यलाई नेपालमा लिभोनका लागि नयाँ अध्यायको सुरुवातका रूपमा लिएको छ। स्वस्तिमाको आबद्धतासँगै उपभोक्तासँगको सम्बन्ध अझ सुदृढ हुने र देशभरका महिलाहरूलाई आफ्नो कपालको सौन्दर्य तथा आत्मविश्वासलाई खुला रूपमा अभिव्यक्त गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
लिभोनबारे
लिभोन मेरिको लिमिटेडको प्रमुख हेयर केयर ब्रान्ड हो। विशेषगरी हेयर सिरमका लागि परिचित यस ब्रान्डले महिलाहरूलाई दैनिक जीवनमा आत्मविश्वासी, स्टाइलिश र सहज महसुस गराउने लक्ष्य राखेको छ। हाल यसको उत्पादन श्रृंखलामा ड्यामेज प्रोटेक्ट, कलर प्रोटेक्ट, केराटिन तथा हाइलुरोन भेरियन्ट उपलब्ध छन्।
मेरिकोबारे
मारिकाे लिमिटेड भारतको अग्रणी उपभोक्ता वस्तु कम्पनीमध्ये एक हो। कम्पनीले सौन्दर्य, स्वास्थ्य तथा खाद्य क्षेत्रमा विश्वव्यापी उपस्थिति बनाएको छ। हेयर केयर, स्किन केयर, खाद्य तेल, स्वास्थ्यवर्द्धक खाद्य पदार्थ, पुरुष ग्रुमिङ तथा फेब्रिक केयर क्षेत्रमा कम्पनीका विभिन्न ब्रान्ड सञ्चालनमा रहेका छन्। यसका चर्चित ब्रान्डहरूमा प्याराशुट, सफोला, हेयर एन्ड केयर, निहार नेचुरल्स, सेट वेट तथा बियार्डो समावेश छन्।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…