काठमाडौं । ‘प्रमोद एण्ड परम्परा ब्याण्ड’को अफिसियल गीत ‘सलल कर्णाली’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा प्रमोद खरेलको मुख्य स्वर तथा जुम्ला-सिञ्जाकी १४ वर्षीया सृष्टि बुढाको सहायक स्वर रहेको छ । गीतका शब्द तथा संगीत सुरज थापाले सिर्जना गर्नुभएको हो भने संगीत संयोजन परम्परा ब्याण्ड र सुरज थापाको टोलीले गरेको छ ।
कर्णालीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा प्रमोद खरेल र मोडल अश्विनी शाहीको अभिनय छ । भिडियोको निर्देशन लक्ष्मण पौड्यालले गर्नुभएको हो ।
कार्यक्रमकै अवसरमा कुरिअर सेवा प्रदायक गाउँबेशी लजिस्टिकले गायक प्रमोद खरेललाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको घोषणा गर्दै दुवै पक्षबीच सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर गरिएको थियो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…