धनगढी । नेपाली कांग्रेसले मुख्यमन्त्रीबाहेक आफ्ना सबै मन्त्री परिवर्तन गर्ने निर्णय गरेसँगै सत्ता साझेदार नेकपा एमालेले पनि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरू हेरफेर गर्ने भएको छ।
एमालेले नयाँ सांसदहरूलाई सरकारमा पठाउने निर्णय गर्दै मन्त्री बन्ने नेताहरूको नामावली मुख्यमन्त्री कार्यालयमा बुझाइसकेको जनाएको छ।
एमालेको निर्णयअनुसार संसदीय दलका उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्रबहादुर मल्ल, दमन भण्डारी र जानकी ऐर बम प्रदेश सरकारमा सहभागी हुनेछन्।
प्रस्तावित कार्यविभाजनअनुसार सन्तोष शर्मा थापाले भौतिक पूर्वाधार विकास मन्त्रालय, चक्रबहादुर मल्लले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, दमन भण्डारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा जानकी ऐर बमले भौतिक पूर्वाधार राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिएको छ।
हाल एमालेका तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्की सरकारमा सहभागी छन्। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै उनीहरू सरकारबाट बाहिरिनेछन्।
मुख्यमन्त्री कमलबहादुर शाह ले सोमबारभित्र प्रदेश सरकार पुनर्गठन गर्ने तयारी गर्नुभएको छ।
नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद व्यवस्थापन तथा सत्ता समीकरणलाई सन्तुलित बनाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनको प्रक्रिया अघि बढाइएको बताइएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि