काठमाडौं । एनसेलका ग्राहकले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्री खरिदमा ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकले अल्टिमाका विभिन्न ग्याजेटमा छुट प्राप्त गर्ने भएका हुन् । उक्त सहकार्यका लागि एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।
९९ रुपैयाँ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक उपभोग गरिरहेका एनसेलका प्रिपेड ग्राहक र रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहक छुट योजनाका लागि योग्य हुनेछन् । योजनाअन्तर्गत खरिद गरिने कुनै पनि सामानको डेलिभरी नेपालभर हुने व्यवस्था अल्टिमा लाइफस्टाइलले गरेको छ ।
एनसेल एपबाट मात्र सञ्चालनमा ल्याइएको योजनाअन्तर्गत एनसेल ग्राहकले अल्टिमाको लाइफस्टाइलका साउन्ड बार, स्पिकर, वायरलेस एअर बड, स्मार्टवाच, पावर ब्यांकगायतका ग्याजेटहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । योजनाको लाभ उठाउन ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर पार्टनर्ड सर्भिसेसमा गई अल्टिमा लाइफस्टाइल छान्नुपर्ने हुन्छ ।
प्रयोगकर्ताको नाममा दर्ता भएको मोबाइल नम्बरमार्फत् स्वतः योग्यता जाँच हुन्छ र ग्राहकले छुटसहितको तिर्नुपर्ने मूल्य एनसेल एपमै देखिन्छ । कम्पनीका अनुसार योजनाको लाभ उठाउन योग्य नभएका ग्राहकले ९९ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गर्न सक्ने र आफ्नो आवश्यकता अनुरूपका ग्याजेट विशेष छुटमा लिन सक्नेछन् ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…