काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक भोलि बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बस्नेछ।
बैठकमा प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ। प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुन सक्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ।
महामन्त्री बुर्लाकोटीले सर्वदलीय बैठकको सूचना तथा औपचारिक निमन्त्रणा संघीय संसद्का दुवै सदनमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको जानकारी दिनुभयो।
रास्वपाका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय महत्वका विषय तथा साझा चासोका मुद्दामाथि छलफल गरिनेछ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि