काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ।
सभामुख डोलप्रसाद अर्याललेले प्रारम्भमा १५ मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो। त्यसपछि सूचना टाँसेर बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भई स्पष्टिकरणसहित क्षमायाचना गर्नुपर्ने माग गर्दै आएका छन्।
विपक्षी दलहरूले संवादमार्फत समाधान खोज्न सभामुखसँग पहल गर्न आग्रह गरेका थिए। तर सहमति जुट्न नसकेपछि संसद् बैठक प्रभावित बनेको हो।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक बोलाएर राजनीतिक सहमतिको प्रयास गर्नुभएको थियो। बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल भए पनि पक्ष–विपक्षबीच सहमति हुन नसकेपछि विवाद यथावत् रहेको छ।
संसद्को अवरोध जारी रहँदा बजेटमाथिको छलफलसहित अन्य विधेयकका कार्यसूचीसमेत प्रभावित भएका छन्।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…