काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकका विभिन्न क्षेत्रमा बाँदरको आतङ्क बढेकाले किसानहरू गम्भीर रूपमा मारमा परेको बताउनुभएको छ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बाँदरले बालीनाली नष्ट गर्दा कृषकहरू ठूलो आर्थिक क्षतिमा परेको उल्लेख गर्दै समस्या समाधानका लागि कठोर कदम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले बाँदरको नियन्त्रणका लागि आवश्यक परे ठूलो संख्यामा नियन्त्रण वा नष्ट गर्नुपर्ने विषयसमेत उठाउँदै यसले मात्र किसानलाई राहत दिन सकिने दाबी गर्नुभयो। उहाँले बाँदरले अलैँची, मकैलगायतका नगदे तथा खाद्य बालीहरू क्षणभरमै नष्ट गर्ने भएकाले किसानहरू निरन्तर पीडामा रहेको बताउनुभयो।
सांसद राईले बाँदर नियन्त्रणका विषयमा उठेका आलोचनाप्रति प्रतिक्रिया दिँदै व्यवहारिक समस्या नबुझी गरिएको विरोधले समाधान ननिस्कने तर्क गर्नुभयो। पशु अधिकारका पक्षमा हुने आन्दोलनभन्दा पनि ग्रामीण क्षेत्रका किसानको वास्तविक समस्यामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
उहाँले आफूले प्रत्यक्ष रूपमा कुनै जनावरको हत्या नगरेको तर स्थानीयवासीले गरेको नियन्त्रण प्रयासमा सहयोग गरेको स्वीकार गर्नुभयो।
सांसद राईले बाँदर नियन्त्रणको विषयमा कानुनी वा सामाजिक आलोचनाबाट नडराउने उल्लेख गर्दै कृषकको हितका लागि आफू दृढ रहेको बताउनुभयो। साथै, पशु अधिकारकर्मीहरूलाई ग्रामीण क्षेत्रमा पुगेर किसानको समस्या प्रत्यक्ष रूपमा बुझ्न उहाँले आग्रह गर्नुभयो।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि